शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

६० जना डाक्टरले सरकारलाई पत्र लेख्दै भने, ‘असान्जेको जेलमै मृत्यु हुनसक्छ, राम्रो उपचारको तत्काल आवश्यक’

सोमबार, ०९ मङ्सिर २०७६, ११ : ४८
सोमबार, ०९ मङ्सिर २०७६

लण्डनका ६० डाक्टरले त्यहाँको सरकारलाई खुल्ला पत्र लेखेका छन् । सोमबार प्रकाशित उक्त पत्र अनुसार ४८ वर्षका विकिलिक्सका संस्थापक जुलियन असान्जेको जेलभित्रै मृत्यु हुनसक्ने डाक्टरलाई डर छ । अष्ट्रेलियन मूलका असान्जेलाई अमेरिकाले ब्रिटेनबाट प्रत्यर्पण गर्न चाहन्छ । उनी यसविरुद्ध लडाईं लडिरहेका छन् । असान्जे लण्डनको बेलमार्श जेलमा बन्द छन् ।

डाक्टरहरुले ब्रिटेनकी गृहमन्त्री प्रीति पटेल, आन्तरिक मामलाका मन्त्रीसमेत विभिन्न महत्वपूर्ण व्यक्तित्वलाई पत्र लेखे । यसमा असान्जेलाई बेलमार्श जेलबाट निकालेर युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ना गर्न अपिल गरिएको छ । असान्जेमाथि जासुसी कानुन अन्तर्गत आरोप लागेको छ । यदि अमेरिकामा उनलाई दोषी ठहर गरिए उनलाई १७५ वर्षको जेल सजाय हुनसक्छ ।

‘असान्जेको शारीरिक–मानसिक स्थिती खराब’

डाक्टरले १६ पेजको खुल्ला पत्रमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएका कारण जुलियन असान्जेको शारीरिक र मानसिक स्थिती गम्भीर भएको हामी बताउन सक्छौं । उनलाई तुरुन्तै शारीरिक र मानसिक सहायताको आवश्यकता छ । यो कुनै उत्कृष्ट उपकरण भएको अस्पतालमा मात्रै हुन सक्छ । असान्जेलाई टिचिङ हस्पिटलमा सार्न सकिन्छ । यदि उनको उपचार सही ढङ्गले नभए उनको मृत्यु पनि हुनसक्छ ।’ पत्र लेख्ने मध्यमा अमेरिका, अष्ट्रेलिया, ब्रिटेन, स्विडेन, इटली, जर्मनी, श्रीलङ्का र पोल्याण्डका डाक्टर समावेश छन् ।

प्रत्यक्षदर्शीको रिपोर्टलाई आधार बनाइयोः

डाक्टरहरुले प्रत्यक्षदर्शीको बयान र संयुक्त राष्ट्रको तर्फबाट नियुक्त गरिएको विशेष पत्रकार निल्स मेल्जरको रिपोर्टलाई आधार बनाएका छन् । लण्डनको अदालतमा नोभेम्बर २१ मा प्रत्यक्षदर्शीले असान्जेको विषयमा बयान दिएका थिए । यस्तै, नोभेम्बर १ मा अदालतमा मेल्जरले बयान दिएका थिए ।

मेल्जर संयुक्त राष्ट्रका मानवाधिकार विशेषज्ञ पनि हुन् । उनले असान्जेलाई लगातार प्रताडित गरिएको जानकारी दिए । यसको मूल्य उनले ज्यान दिएर चुकाउनु पर्ने सम्भावना भएको डाक्टरहरुले बताए ।

असान्जेमाथि आरोपः

असान्जेले विकिलिक्समार्फत् सन् २०१० मा अमेरिकी सेना र कुटनीतिक फाइल सार्वजनिक गरेका थिए । यसमा अफगानिस्तान र इराकमा अमेरिकी बमबारीको खुलासा गरिएको थियो । यो सार्वजनिक भएपछि अमेरिकी सरकारले अत्यधिक आलोचना झेल्नुपरेको थियो ।

असान्जे ६ महिना अघि सार्वजनिक भएका थिए । पछिल्लो महिना उनी अदालतमा सुनुवाईका लागि गएका थिए । त्यतिबेला उनी निकै कमजोर देखिएका थिए । उनलाई आफ्नो जन्मदिन याद गर्न समस्या भइरहेको थियो । सुनुवाईपछि जज वेनिसा ब्यारेट्सरले भनेकी थिइन्, ‘अदालतभित्र के भएको थियो, त्योसमेत असान्जेले बुझिरहेका थिएनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप