‘वर्षौदेखि मिचिएको हाम्रो देशको माटो, एक–एक हिसाब गरी फिर्ता लिनुपर्छ’

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी लगायत नेपालको केही भुभाग आफ्नो भनेर समेटेपछि देशमा त्यसको चौतर्फी विरोध भइरहेको छ ।
यस्तैमा कलाकारहरुको एक समूहले देशभक्तीपूर्ण, राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी’ बजारमा ल्याएका छन् ।
नेपालका विभिन्न स्थानका सीमा क्षेत्र अतिक्रमण बढ्न थालेपछि कलाकारहरु एकमुख भएर छिमेकी देशलाई गीत मार्फत सचेत गराएका हुन् । ज्ञानेन्द्र गदालको शब्द रहेको गीतमा यम बराल र रीता गुरागाईंको आवाज छ । गीतमा संगीत चेतन सापकोटाले दिएका छन् ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा नेपालका राष्ट्रिय सभाकी सांसद कोमल वली, पूर्व डिआइजी रमेश खरेल, नेपालकी प्रथम नायिका भुवन चन्द, दीपकाराज गिरी, दीपाश्री निरौला लगायत थुप्रै कलाकारको समेत अभिनय रहेको छ ।
गीतको भिडियो संगीतकार चेतन सापकोटा आफैले तयार गरेका हुन् । मदन घिमिरेको छायाँकन भिडियो मार्फत हालसम्म सीमा अतिक्रमणका घटनाहरू जे–जति भएपनि सम्पूर्ण नेपाली मिलेर मिचिएको भूमि फिर्ता गर्नुपर्ने माग राखिएको छ ।
गीतले भनेको छः
‘हिमाल पहाड तराई मधेस सबै उठ्नुपर्छ,
देशको सीमा जोगाउन सबै जुट्नुपर्छ ।
वषौंदेखि मिचिएको हाम्रो देशको माटो
एक–एक हिसाब गरी फिर्ता लिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड