शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘वर्षौदेखि मिचिएको हाम्रो देशको माटो, एक–एक हिसाब गरी फिर्ता लिनुपर्छ’

सोमबार, ०९ मङ्सिर २०७६, ११ : ४७
सोमबार, ०९ मङ्सिर २०७६

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी लगायत नेपालको केही भुभाग आफ्नो भनेर समेटेपछि देशमा त्यसको चौतर्फी विरोध भइरहेको छ । 

यस्तैमा कलाकारहरुको एक समूहले देशभक्तीपूर्ण, राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी’ बजारमा ल्याएका छन् ।

नेपालका विभिन्न स्थानका सीमा क्षेत्र अतिक्रमण बढ्न थालेपछि कलाकारहरु एकमुख भएर छिमेकी देशलाई गीत मार्फत सचेत गराएका हुन् । ज्ञानेन्द्र गदालको शब्द रहेको गीतमा यम बराल र रीता गुरागाईंको आवाज छ । गीतमा संगीत चेतन सापकोटाले दिएका छन् ।

गीतको भिडियो पनि बनेको छ । भिडियोमा नेपालका राष्ट्रिय सभाकी सांसद कोमल वली, पूर्व डिआइजी रमेश खरेल, नेपालकी प्रथम नायिका भुवन चन्द, दीपकाराज गिरी, दीपाश्री निरौला लगायत थुप्रै कलाकारको समेत अभिनय रहेको छ । 

गीतको भिडियो संगीतकार चेतन सापकोटा आफैले तयार गरेका हुन् । मदन घिमिरेको छायाँकन भिडियो मार्फत  हालसम्म सीमा अतिक्रमणका घटनाहरू जे–जति भएपनि सम्पूर्ण नेपाली मिलेर मिचिएको भूमि फिर्ता गर्नुपर्ने माग राखिएको छ ।

गीतले भनेको छः
‘हिमाल पहाड तराई मधेस सबै उठ्नुपर्छ,
देशको सीमा जोगाउन सबै जुट्नुपर्छ ।
वषौंदेखि मिचिएको हाम्रो देशको माटो
एक–एक हिसाब गरी फिर्ता लिनुपर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप