शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीले विवाहपछि पनि प्रेमीलाई बिर्सन सकिनन्, अब श्रीमानले गरिदिनेछन् दुबैको विवाह

सोमबार, ०९ मङ्सिर २०७६, १० : ४४
सोमबार, ०९ मङ्सिर २०७६

भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक सफ्टवेयर इन्जिनियरले श्रीमतीलाई प्रेमीसँग विवाह गराइदिनका लागि सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन् ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार मुकेश र अलका (काल्पनिक नाम) को सात वर्ष अघि विवाह भएको थियो । यी दुईका दुई सन्तान पनि छन् । विवाहको सुरुवाती समयमा सबैकुरा राम्रो चलिरहेको थियो तर अलकाको जीवनमा आफ्नो पुराना प्रेमीको आगमन भएपछि श्रीमान श्रीमतीबीचको दुरी बढ्दै गएको बताइन्छ । स्रोतका अनुसार अलका आफ्नो प्रेमीका खातिर घरसमेत छोड्न तयार छिन् ।

अलका र ती युवकबीच अन्तर्जातीय प्रेम रहेकाले उनका पिता उनीहरुको विवाहका लागि तयार नभएकोले अलकाको इच्छाविपरित विवाह भएको जानकारीमा उल्लेख छ । ती प्रेमीले अहिलेसम्म विवाह नगरेको बताइएको छ ।

काउन्सिलिङपछि पनि सामान्य भएन सम्बन्धः

स्रोतका अनुसार श्रीमान्–श्रीमतीबीचको दुरी कम गर्नका लागि दुईजनाको काउन्सिलिङ गराइयो । तर यति गर्दा पनि उनीहरुबीचको सम्बन्ध सामान्य हुन नसकेको बताइन्छ । श्रीमान् मुकेशले काउन्सिलरलाई लाखौं कोसिसका बाबजुद अलका आफूसँग खुसी नभएको बताए । अलकाले प्रेमीलाई असाध्यै मन पराउने र केही गरी पनि बिर्सन नसकेको मुकेशले बताए । अलकाले पनि काउन्सिलिङको क्रममा आफ्नो पहिलो प्रेमलाई बिर्सन नसकेको स्विकार गर्दै आफू प्रेमीसँग नै बस्न चाहेको स्विकारिन् । मुकेशले यदि बच्चालाई राख्न नचाहे उनीहरुलाई आफैसँग राख्ने पनि उनले बताइन् ।

प्रेमीसँग विवाह गराइदिने बताएः

त्यसपछि फ्यामिली कोर्टमा मुकेशले आफ्नी श्रीमती अलकाको विवाह प्रेमीसँग गराइदिने बताए । त्यसपछि सम्बन्धविच्छेदका लागि पनि निवेदन दिए । काउन्सिलर शैल अवस्थी पनि यो प्रेमकथा सुनेर अचम्ममा परेको बताए । श्रीमानले श्रीमतीको विवाह प्रेमीसँग गराइदिनकै लागि सम्बन्धविच्छेदको निवेदन दिएको पहिलो घटना भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप