ज्याकेटमा देखिए साउदी युवराज मोहम्मद बिन–सलमान, छायो तस्बिर

साउदी अरबका युवराज मोहम्मद बिन सलमान एक विशेष कारणसहित सोशल मिडियामा चर्चित भइरहेका छन् ।
रियादमा फर्मूला ई रेसको एक कार्यक्रममा उनले एक ज्याकेट लगाएका थिए, यसैका कारण उनी चर्चामा छन् ।
उनले लगाएको ज्याकेट ब्रिटिश ब्रान्डको थियो । उक्त ब्रान्डले ट्वीटरमा अरबीमा एक ह्याशट्याग सुरु गर्यो जसको अर्थ थियो, ‘क्राउन प्रिन्सको ज्याकेट’ । त्यसपछि सोशल मिडियामा मोहम्मद बिन सलमानको यो ‘नयाँ लुक’ को प्रशंसा सुरु भयो ।
मोहम्मद बिन सलमानले आफ्नो पारम्परिक सेतो पोशाकमाथि उक्त ज्याकेट लगाए । साथै एभिएटर सनग्लासेस र स्पोर्टस् शुजमार्फत् मध्य–पूर्व र पश्चिमी लुकको एउटा मिश्रण पेश गरे ।
एक प्रयोगकर्ताले यसलाई ज्याकेटलाई अनलाइनमा खोजर लेखेका छन्, ‘यो यसको सबैभन्दा ठूलो विज्ञापन हो ।’
एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो ज्याकेट केही बेरमै सोल्ड आउट भएको छ ।’
केही प्रयोगकर्ताले यो ज्याकेट किनेको स्क्रिनसट पनि साझा गरेका छन् ।
यसअघि पनि मोहम्मद बिन सलमान आफ्नो कपडाका कारण चर्चामा आइसकेका छन् ।
सन् २०१६ मा अमेरिकामा फेसबुक संस्थापक मार्क जुकरबर्गसँगको भेटघाटमा उनी सर्ट, ब्लेजर र जिन्समा देखिएका थिए ।
सन् २०१६ को जूनमा आफ्नो अमेरिकी भ्रमणमा उनले वासिङ्टनमा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामा र वरिष्ठ अधिकारीसँग भेटघाट गरेका थिए ।
त्यसपछि उनले माइक्रोसफ्टका सत्या नडेला र फेसबुक संस्थापक मार्क जुकरबर्गलाई पनि भेटे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे