भतिजो जन्मेकोमा अत्यधिक खुसी भइरहेका थिए दलित किशोर, छिमेकीले जिउँदै जलाए

भारतको पंजाबस्थित मानसा जिल्लामा एक दलित किशोर (१६) लाई जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । किशोर आफ्नो भतिजो जन्मेकोमा अत्यधिक खुसी हुँदै मानिसहरुलाई यसको जानकारी दिइरहेका थिए । यस्तै, मृतकको परिवारको उजुरीपछि पुलिसले तीनजनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यद्यपि, अहिलेसम्म कसैको गिरफ्तारी भएको छैन ।
मृतक दलित किशोरको पहिचान जसप्रित सिंहको रुपमा भएको छ । उनी मजहबी सिख (दलित) परिवारका हुन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसप्रित सिंहका दाइ कुलविन्दर सिंहले २ वर्ष अघि छिमेकी युवतीसँग भागेर विवाह गरेका थिए । उनीहरु आफ्नो घरभन्दा टाढा बस्दथे । हालै, यी दुईले बच्चा जन्माएका थिए ।
स्रोतका अनुसार युवतीका दाइ जश्नप्रीत, काकाका छोरा गुरजित सिंहविरुद्ध आरोपपत्र दर्ता गरिएको छ । यस्तै अर्का तेस्रो आरोपी राजूले किशोरको हात बाँधेर उनीमाथि पेट्रोल फ्याँकेका थिए । जिउँदै जलाएपछि किशोरलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।
मृतकका पिता सूरत सिंह (५५) ले भने, ‘जसप्रितको एउटै मात्र दोष थियो । उसले दाइको छोरा जन्मिएको भन्दै मानिसहरुलाई बताइरहेको थियो । हामीले उनीहरुलाई घर फिर्ता बोलाउने बारे सोचिरहेका थियौं ।’
उता डिएसपी सुरेन्द्र शर्माले घटनाको अनुसन्धान चलिरहेको र आरोपीलाई चाँडै नै पक्राउ गरिने जानकारी दिएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको फेक क्लेमबारे निर्क्योलमा नपुगी सरकारले भुक्तानी दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ