‘दोस्ताना टु’ मा अभिनय गर्न नपाउँदा जोन अब्राहमले करण जोहरलाई यस्तो भने

जबदेखि दोस्तानाको सिक्वलको घोषणा भएको छ तबदेखि यो चर्चामा छ । सिक्वल अर्थात् ‘दोस्ताना टु’ मा कार्तिन आर्यन, लक्ष ललवानी र जान्ह्वी कपुरको अभिनय हुने बताइएको छ । रोचक कुरा के छ भने सिक्वलमा पहिलो फिल्मका कुनै पनि कलाकार समावेश गरिएका छैनन् । अर्थात्, यसमा न त जोन अब्राहम देखिनेछन् न बबी देओल न प्रियंका चोपडा नै ।
जसका कारण मानिसहरुलाई थोरै खल्लो त लाग्यो होला नै । हालै जोन अब्राहमलाई ‘दोस्तान टु’ मा अभिनय गर्न नपाउँदा कस्तो लागेको छ भनेर प्रश्न सोध्दा उनले आफूलाई फिटिक्कै पनि नराम्रो नलागेको बताएका छन् ।
करण जोहरको क्रिएटिभिटीको तारिफ गर्दै उनले भने, ‘दोस्ताना टु मा पनि प्रिक्वलजस्तै ग्ल्यामर र इन्टरटेनमेन्ट हुनेछ । करणको दिमागमा सिक्वलका लागि पनि केही रोचक पाटो त पक्कै होला ।’
जोनले थपे, ‘फिल्म रिलिज भएपछि म आफूलाई क्यारेक्टरबाट बाहिर निकाल्ने कुरामा विश्वास गर्छु । मलाई कुनै पनि क्यारेक्टरलाई लामो समयसम्म मनमा राखिराख्न मन लाग्दैन । ’
जोन हाउसफूल र रेसजस्ता सुपरहिट फ्रेन्चाइजीको एउटा पार्टमा मात्रै रहे जबकी अन्य कलाकारलाई साइन गराइयो । यसबारे जोनले भने, ‘यो निकै राम्रो कुरा हो कि भिन्न कलाकारका फिल्म आउँदा दर्शकले पनि केही भिन्न र नयाँ देख्न पाउँछन् । हरेकलाई एउटा मौका त पक्कै दिनुपर्छ । ’
अब एक्सनलाई टाइगर श्रोफले अगाडि बढाओस् भन्ने जोनको चाहना छ ।
जोन संजय गुप्ताको फिल्म ‘मुम्बई सागा’ मा देखिनेछन् । यो फिल्म सन् २०२० को जून १९ ारिखम रिलिज हुनेछ । यसमा अनिल कपुर, इमरान हाशमी, काजल अग्रवाल, सुनिल शेट्टी, प्रतिक बब्बर, गुलशन ग्रोवर, रोहित रोय, पंकज त्रिपाठी र शरमन जोशीको अभिनय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
-
सहसचिव सरुवा : तीन उपमहानगरका प्रमुख कार्यकारी अधिकृत तानियो, नयाँ पठाइएन
-
भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना