काठमाडौँ महानगरः सडक मानवमुक्त महानगर घोषणा हुँदै
सोमबार, ०९ मङ्सिर २०७६, ०७ : ०९

काठमाडौँ महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५ औँ महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ ।
काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौँको संयुक्त प्रयासबाट सहयोगापक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
महानगरको ३ मंसिरमा बसेको ३८ औँ नगर कार्यपालिकाको बैठकबाट यससम्बन्धी निर्णय गरेको जनाएको छ । महानगर र आश्रमको सहकार्यमा विगत दुई वर्षदेखि सडकमा रहेका वेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण,औषधोपचार तथा परिवारमा पुर्नमिलन गराउने कार्य हुँदै आएको छ । यो समाचार आजकोे राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्डले लेस्टरलाई हरायो
-
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना