बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरमा एकाबिहानै चिकित्सक जोशीलाई ठक्कर दिने गाडी कसरी गायव भयो ?

आइतबार, ०८ मङ्सिर २०७६, २२ : २३
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिने गाडीको अझै पहिचान खुल्न सकेको छैन । बिहानैदेखि गाडीको खोजी गरे पनि राति अबेरसम्म यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । 

आज बिहान करीब ६ बजेको समयमा पैदलयात्रामा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा प्रभु जोशीको निधन भएको थियो । उनी वसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत रहेका थिए । प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले सडकबाट बाटो काट्न लाग्दा बसले ठक्कर दिएको जानकारी दिए । सिसी टिभीको फुटेजबाट ठूलो बसले ठक्कर दिएको देखिएकाले बसको खोजी गरिरहेको उनले बताए । नम्बरको पहिचान नभए पनि गाडी पत्ता लाग्ने उनको भनाइ छ । जोशीको  परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप