अवैध साउदी रियालसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
आइतबार, ०८ मङ्सिर २०७६, २२ : ००

काठमाडौँ । अवैध साउदी रियाल १ लाख ५९ हजारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साढे ७ बजे फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका भारतीय नागरिक असिफ मिर्जालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यााण्ड व्यागेज चेकिङ्ग एरियामा चेकजाँच गर्ने क्रममा खैरो रंगको ब्यागभित्र फल्स बटम बनाई लैजान लागिएको सो अवैध नगद बरामद भएको हो ।
मिर्जालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र अनुसन्धान पश्चाएत् आवश्यक कारबाहीको लागि राजश्वन अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र
-
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने