बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध साउदी रियालसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

आइतबार, ०८ मङ्सिर २०७६, २२ : ००
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौँ । अवैध साउदी रियाल १ लाख ५९ हजारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  आइतबार साढे ७ बजे फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका भारतीय नागरिक असिफ मिर्जालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । 

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यााण्ड व्यागेज चेकिङ्ग एरियामा चेकजाँच गर्ने क्रममा खैरो रंगको ब्यागभित्र फल्स बटम बनाई लैजान लागिएको सो अवैध नगद बरामद भएको हो । 
मिर्जालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र अनुसन्धान पश्चाएत् आवश्यक कारबाहीको लागि राजश्वन अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप