जनकपुर आएका साइकल यात्रीलाई निधिद्वारा भव्य स्वागत
जनकपुर । साइकल यात्रीहरु लावा लस्करसहित काठमाडौंको पशुपतिनाथबाट यात्रा गर्दै जनकपुर आइपुगेका छन् ।आइतबार विश्व साइकल यात्री पुष्कर शाहको अगुवाइमा २ सय १३ जना साइकल यात्री जनकपुर आइपुगेका हुन् ।
सबै साइकल यात्रीलाई नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुरको राम मन्दिरमा भव्य स्वागत गरेका छन् ।रामजानकी विवाहोत्सवको पूर्वसन्ध्यामा काठमाडौं र जनकपुरधाम बीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ उनीहरुले साइकल यात्रा गरेको बताइएको छ।
साइकल यात्रीहरुलाई स्वागत गर्दै उपसभापति निधिले काठमाडौंबाट जनकपुरसम्म आएका साइकल यात्रीले पशुपति र मिथिलालाई जोड्नमा अह्म भूमिका निर्वाह गर्ने भन्दै प्रसंशा गरे ।
‘राइड थ्रु सिन्धुलीगढी कनेक्टिङ मिथिला हेरिटेज’ नामक साइकल यात्रीहरुको शुक्रबार काठमाडौंबाट यात्रा सुरु गरेको थियो।
साइकल यात्रीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डासहित पशुपतिनाथबाट जनकपुरधामका लागि बिदाई गरेका थिए ।काठमाडौैंदेखि सिन्धुलीगढी हुँदै २ सय ५० किलोमिटर सम्मको यात्रा तय गरेका साइकल यात्रीहरुले तीन दिन लगाएर पुरा गरेका छन् ।
देशका विभित्र सांस्कृतिक, सामाजिक र धार्मिक एकतालाई थप प्रगाढ बनाउने उद्देश्यका साथ साइकल यात्रा गरिएको सानो पाइलाले जनाएको छ।काठमाडौंबाट जनकपुरसम्म आइपुगेका साइकल यात्रीहरुले राष्ट्रिय एकता, सहकार्य, सद्भाव र भाइचाराको सन्देश दिएको सानो पाइलाका प्रमुख कञ्चन झाले बताए ।
साइकल यात्रामा साढे नौ वर्षका बालकदेखि ६५ वर्ष उमेर समूहका पुरुष, महिला तथा विदेशी पर्यटकहरु समेत सहभागी छन् । यता साइकल यात्रीलाई भव्य स्वागत गर्दै उनीहरुको सम्मानमा अहिले झिझिया नाचको आयोजना राम मन्दिरको प्राङ्गणमा गरिएको छ ।
सोमबार जनकपुर उपमहानगरपालिकाको आयोजनामा साइकल यात्रीहरुले जनकपुरको ८ किलोमिटर समेत परिक्रमा गर्ने कार्यक्रम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक