पत्रकारहरु गिरफ्तार हुने क्रम बढेको भन्दै महासंघद्वारा चिन्ता व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । आइतबार काठमाडौँमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश विष्टले चिन्ता व्यक्त गरे । ५२ सालयता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरुले न्याय पनि नपाएको बताए । हत्याजस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरु कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिँडेको बताए ।
पछिल्लो समय पत्रकारहरुलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुकदर्शक बन्ने कारणले दण्डहिनता बढेको महासचीव बिष्टले बताए । अहिले पत्रकारहरु सामाजिक रुपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न विधेयकमार्फत समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल