सरकार टुटल-पठाओको पक्षमा !
काठमाडौं । टुटल र पठाओ सेवा संचालनका लागि सरकार सकारात्मक देखिएको छ । आइतबार सिंहदरबारस्थित यातायात मन्त्रालयमा यातायात मन्त्री बसन्त नेम्वाङ र पठाओ सञ्चालकबीच सेवा संचालनका सम्बन्धमा छलफल भएको थियो ।
उक्त छलफलमा यातायातमन्त्री नेम्वाङ टुटल र पठाओ सेवा संचालनका लागि सकारात्मक देखिएको पठाओ सञ्चालक असिममान बस्नेतले जानकारी दिए । साथै उनले भोलिसम्म टुटल र पठाओ सेवा संचालनमा देखिएको समस्या समाधान हुने आशा व्यक्त गरे ।
यस्तै पठाओका सञ्चालक बस्नेतले ट्राफिकको कारबाही परेका पठाओ चालकको जरिवाना शुल्क पठाओले नै ब्यहोर्ने बताए । आतइबार विभिन्न ठाउँमा पठाओ चालक कारबाहीमा परेका थिए । प्रयोजन विपरित सवारी चलाएको अभियोगमा ट्राफिक प्रहरीले पठाओ चालकलाई १ हजार रुपैयाँ जरिवाना चिट काटेको थियो ।
तर यातायात व्यवसायीहरुले टुटल र पठाओ जस्ता अनलाइनमार्फत चलेका निजी सवारीको सार्वजनिक प्रयोगप्रति भएको भन्दै विरोध जनाउँदै आएका छन् । ट्राफिक प्रहरी र यायतायात व्यवसायीसँग ४ मंसिरमा चएको छलफल टुटल र पठाओलाई नियमन गर्नुपर्ने माग उठेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण