मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार टुटल-पठाओको पक्षमा !

आइतबार, ०८ मङ्सिर २०७६, १८ : १३
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौं । टुटल र पठाओ सेवा संचालनका लागि सरकार सकारात्मक देखिएको छ । आइतबार सिंहदरबारस्थित यातायात मन्त्रालयमा यातायात मन्त्री बसन्त नेम्वाङ र पठाओ सञ्चालकबीच सेवा संचालनका सम्बन्धमा छलफल भएको थियो ।

उक्त छलफलमा यातायातमन्त्री नेम्वाङ टुटल र पठाओ सेवा संचालनका लागि सकारात्मक देखिएको पठाओ सञ्चालक असिममान बस्नेतले जानकारी दिए । साथै उनले भोलिसम्म टुटल र पठाओ सेवा संचालनमा देखिएको समस्या समाधान हुने आशा व्यक्त गरे ।

यस्तै पठाओका सञ्चालक बस्नेतले ट्राफिकको कारबाही परेका पठाओ चालकको जरिवाना शुल्क पठाओले नै ब्यहोर्ने बताए । आतइबार विभिन्न ठाउँमा पठाओ चालक कारबाहीमा परेका थिए । प्रयोजन विपरित सवारी चलाएको अभियोगमा ट्राफिक प्रहरीले पठाओ चालकलाई १ हजार रुपैयाँ जरिवाना चिट काटेको थियो । 

तर यातायात व्यवसायीहरुले टुटल र पठाओ जस्ता अनलाइनमार्फत चलेका निजी सवारीको सार्वजनिक प्रयोगप्रति भएको भन्दै विरोध जनाउँदै आएका छन् । ट्राफिक प्रहरी र यायतायात व्यवसायीसँग  ४ मंसिरमा चएको छलफल टुटल र पठाओलाई नियमन गर्नुपर्ने माग उठेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप