मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल  २५ हजार घुससहित पक्राउ

आइतबार, ०८ मङ्सिर २०७६, १६ : ३७
आइतबार, ०८ मङ्सिर २०७६

 बुटवल । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्दाको कमिसन लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । 

 तिबारीले स्थानीय  व्यापारीसँग कार्यालय कमिसन मागेका थिए । सोही सूचनाको आधारमा  नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप