शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकले ४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

आइतबार, ०८ मङ्सिर २०७६, १५ : ५९
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।

बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागि रु दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो ।

उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप