मेलम्ची आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण व्यवस्थित बनाइँदै

काठमाडौं । मेलम्चीको पानी काठमाडौँमा ल्याउन काम भइरहेका बेला सरकारले सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा खानेपानीको वितरण व्यवस्थित बनाउन पहल शुरु गरेको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासहित जिल्लाको खानेपानी वितरण सहज बनाउन योजना अघि सारेको हो । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जिल्लावासीको मागअनुसार स्रोत भएका जिल्लाले पर्याप्त खानेपानी पाउनुपर्ने मान्यताका साथ योजना ल्याइएको बताए ।
आयोजनाबाट प्रभावित गाउँपालिकासम्म पुग्ने सडक कच्ची भएकाले स्थानीयवासीले मन्त्रालयसँग सडक कालोपत्रको माग गर्दै आएका छन् । प्रवक्ता शाक्यले सडक निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको बाँकी पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी सरकारले दुई महिनापहिले सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले दुई साताअघि आयोजनास्थलमा निरीक्षण गरी काममा ढिलाइ नगर्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च (तस्बिरहरू)
-
लयमा विराट र साई, बेंगलुरुको विजययात्रामा गुराजतले लगाउला त लगाम ?
-
४० नृत्यकारले एकसाता सिके नृत्यकला
-
हिमालको सरसफाइका लागि ‘रेष्ट अफ ब्याग’ लाई अनिवार्य गरिनुपर्छ: आङछिरिङ शेर्पा
-
अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो
-
बारमा सत्ता र प्रतिपक्षको भिडन्त : दुवैलाई ‘राजावादी वकिल’को काँध