बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकारी पाएसँगै प्रचण्ड सक्रिय, स्थायी समिति बैठक बोलाउने तयारी

आइतबार, ०८ मङ्सिर २०७६, १५ : ०३
आइतबार, ०८ मङ्सिर २०७६

काठमाडौँ– लामो समयदेखि बस्न नसकेको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक एक साताभित्रै बोलाइने भएको छ । 

महासचिव विष्णु पौडेलले स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउन गृहकार्य भइरहेको जानकारी दिए । ‘गृहकार्य भइरहेको छ । सम्भवतः एक साता भित्रै बैठक बोलाउन सकिन्छ कि भन्ने हिसावले छलफल भइरहेकाले ठ्याक्कै यहि दिन बस्छ भन्न सकिँदैन’, महासचिव पौडेलले रातोपाटीसँग भने, ‘बैठक बोलाउने र पार्टीलाई चलायमान बनाउने कुरामा हामी लागिरहेका छौँ ।’

यसैवीच कार्यकारी जिम्मेवारी पाएसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् । 

पार्टी शीर्ष नेताहरुसँग छलफलपछि पार्टीको स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेका प्रचण्डले नेताहरु माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुलाई भेटेर छलफललाई तीव्रता दिएका हुन् ।

 आवश्यक छलफल गर्न प्रचण्ड बिहीबार नेता नेपालको निवासमा पुगेका थिए भने त्यसपछि महासचिव विष्णु पौडेल, नेता रामबहादुर थापालगायतका नेताहरुसँग पनि कुराकानी गरेका छन् ।

प्रचण्डले बिहीबार नेता नेपाललाई भेटेपछि शुक्रबार महासचिव विष्णु पौडेल गायतका नेतासँग कुराकानी गरेका हुन् । शनिबार बागलुङको चुनावी सभालाई सम्बोधन गर्न बाग्लुङ पुगेका प्रचण्ड आइतबार पनि आन्तरिक भेटवार्ताकै क्रममा छन् । 

पार्टीको अबको स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल केन्द्रीत रहेको प्रचण्ड निकटस्रोतले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप