१५ दिनभित्र सहमति कार्यान्वयन नभए मेडिकल सञ्चालकलाई गिरफ्तार गर्न आग्रह

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शुल्क समायोजन गरी कार्यान्वयनका लागि सरकारले दिएको निर्देशन निर्धारित समयभित्र कार्यान्वयन गर्न आग्रह गरेको छ ।
अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्धारित १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारवाही अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
निरन्तर खबरदारी र दबाब दिँदा पनि मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने विज्ञप्तिमा उल्लेख छ । युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि गरिएको दमनको भत्र्सना गर्दै शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीलाई होस्टलमा बस्ने र जीवनको सुरक्षाको प्रबन्ध मिलाउन कलेज प्रशासनलाई अनेरास्ववियुले आग्रह गरेको छ ।
मेडिकल शिक्षाको क्षेत्रमा देखिएका विसङ्गति, शुल्क, छात्रवृत्तिलगायतका समस्यामा विषयमा अनेरास्ववियुको पटकपटकको ध्यानाकर्षणपछि मेडिकल सञ्चालन, विश्वविद्यालय र सरकारसँग विभिन्न सहमति र समझौत भएको थियो । तर मेडिकल कलेजले उक्त सम्झौताको प्रभावकारी कार्यान्वयन गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो
-
किन्ने हो ऐँसेलु ?