संघीय सरकारसँग ‘टसल’ गर्ने पक्षमा छैनौँः मन्त्री जमकट्टेल
काठमाडौँ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारसँग ‘टसल’ गरेर जान नहुने बताएका छन् ।
मन्त्री जम्कट्टेलले प्रदेश ३ को सरकार संघीय सरकारसँग टसल गरेर जाने पक्षमा नरहेको पनि स्पष्ट पारे ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारका लागि आवश्यक कानुनहरुको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको तर्क गरे ।
मन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकार दिने कुरामा पनि संघीय सरकारले कन्जुस्याईँ नगरेको बताए ।
‘प्रदेश सरकारसँग टसल गरेर जाने पक्षमा प्रदेश ३ को सरकार छैन,’ मन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकारलाई अधिकार दिलाउने गरी संघीय सरकारले आवश्यक कानुनहरुको निर्माण गरिरहेको छ ।’
मन्त्री जम्कट्टेलले मुलुकलाई समृद्ध बनाउने एजेन्डामा सबैलाई आवद्ध भएर अघि बढन पनि आह्वान गरे । त्यसका लागि काम गर्ने पूरानै शैलीमा परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरसभा स्थगित भएपछि कांग्रेस जनप्रतिनिधिले लगाए पोखरा महानगरमा ताला
-
ओलीको सत्तारोहणको दिनदेखि नै कुलमानलाई हटाउने प्रपञ्च भइरहेको छः महासचिव गुरुङ
-
खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी हो : पूर्वराष्ट्रपति यादव
-
रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुग्यो
-
इंग्ल्याण्डलाई हराउँदै महिला एसेज पुनः अस्ट्रेलियाको कब्जामा
-
प्रदूषण चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३१ वटा फेल