बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवा पक्राउ

बुटवल । बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिलका–१ पकडीको सिसौबारीमा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार गरेको थियो ।
प्रहरीका अनुसार बलात्कार गर्ने युवाहरुले नै उक्त भिडियो सामाजिक सञ्जालमा राखेका थिए । सोही घटनाका मुख्य अभियुक्त मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले फरार कलामुद्दिन मुसलमानलाई सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यसअघि नै पक्राउ परेका थिए ।
बाँकी तीन जना फरार रहेकोमा मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल