मर्निङवाकमा निस्केका डाक्टरलाई बानेश्वरमा गाडीले ठक्कर दियो, घटनास्थलमै मृत्यु
काठमाडौँ । आइतबार बिहान ५ः३० बजे बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी घरबाट सधैंझै ‘मर्निङवाक’ को लागि निस्किए ।
तर, मर्निङवाकको लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशी अरु दिनझैं घर फर्किन पाएनन् । संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै मृत्यु भयो ।
घटनालगत्तै डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएको थियो । ‘अस्पताल पुर्याएलगत्तै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरेका थिए,’ महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले भने ।
डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन । इन्सपेक्टर बोगटीका अनुसार फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको छ ।
डाक्टर जोशीकी श्रीमती नेपाली सेनाको रिटायर्ड जर्नेल रहेको प्रहरीले जनाएको छ ।
डाक्टर जोशी बानेश्वरस्थित संसद सचिवालयको १ नम्बर गेट अगाडि परिवारसँग बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण