१९७४ एडीका पूर्व सदस्य मनोज सिंह संलग्न एल्बम ग्रामी अवार्डको नोमिनेशनमा

ब्यान्ड १९७४ एडीका पूर्व सदस्य एवं चर्चित बाँसुरीबादक मनोज सिंह संलग्न एल्बम देवा २०२० को ग्रामी अवार्डमा नोमिनेट भएको छ ।
देवा प्रेमलको एल्बम देवा कन्टेम्पररी इन्स्ट्रुमेन्टल म्युजिक अन्तर्गत बेस्ट न्यू एज एल्बमका लागि नोमिनेट भएको हो । नेपालको संगीतकार संलग्न भएको एल्बम ग्रामी अवार्डमा नोमिनेट भएको यो पहिलो घटना हो ।
देवा प्रेमलले उनका जीवनसाथी मिटेन मेडिटेशन र स्लो योगाका लागि आनन्ददायी संगीत बनाउनका लागि चर्चित छन् । संयुक्त रुपमा देवा प्रेमल र मिटेनको रुपमा परिचित यी दुईको थुप्रै काममा मनोजले सांगितिक योगदान दिएका छन् । मूल रुपमा काठमाडौंको बौद्धका र हालै सान फ्रान्सिस्कोमा बस्ने मनोजले १९७४ एडीको पिँजडाको सुगा, सम्झी बस्छुमा बाँसुरी बजाएका छन् ।
नोमिनेशनमा परेको जानकारी दिँदै मनोजले आफ्नो आधिकारिक फेसबुक पेजमा गत बुधबार लेखेका छन्, ‘र ग्रामी अवार्डको उपाधि जान्छ.... आज बिहान देवा र मिटेनले मलाई रोचक समाचार सम्प्रेषणका लागि फोन गरे.. हामी ग्रामीका लागि नोमिनेट भयौं ! यो सबैका लागि सुखद समाचार हो । धन्यवाद !! म मनैबाट यो सोच्छु कि जुन संगीत हामी बाँड्छौं त्यसले खासै मान्यता पाउनुपर्दैन तर यति भन्दा भन्दै पनि यस्तो समाचारले उत्साहित बनाउँदो रहेछ । धन्यवाद मेरा प्रियजन । र ग्रामी अवार्ड जान्छ....तपाईंहरुलाई’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)