बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा किन चर्चामा छ नवाज शरिफकी छोरीको मौनता ?

आइतबार, ०८ मङ्सिर २०७६, ०८ : १५
आइतबार, ०८ मङ्सिर २०७६

पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजको मौनता आजकाल चर्चाको विषय बनेको छ ।

मरियम नवाज आफ्नो पार्टी पाकिस्तान मुस्लिम लीग–नवाजको सबैभन्दा मुखर नेतामध्ये एक हुन् र उनी आफ्नो परिवारमाथि लाग्ने आरोपमाथि खुलेर जवाफ दिइरहन्छिन् । तर प्रधानमन्त्री इमरान खानको तर्फबाट उनको पितामाथि लगाइएको ताजा टिप्पणीपछि पनि मरियमको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रधानमन्त्री इमरान खानले भनेका थिए, ‘यस्तो लाग्छ कि लण्डन जाने विमानलाई देखेर नवाज शरिफको स्वास्थ्यमा सुधार आएको छ ।’

वास्तवमा, भ्रष्टाचारको मामलामा सजाय काटिरहेका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई हालै लण्डन लैजानका लागि सहमती दिइएको थियो ।

यसैबीच मरियमको मौनताको विषयमा उठिरहेको प्रश्नको विषयमा उनको पार्टीले भनेको छ, ‘प्रधानमन्त्री इमरान खानले यदि यसैगरी मरियमका पिताको आलोचना गरिरहन्छन् त उनी धेरै समयसम्म चुप बस्ने छैनन् ।’

पाकिस्तान मुस्लिम लीग–नवाजकी प्रवक्ता मरियम औरंगजेबले भनेकी छिन्, ‘पूर्व प्रधानमन्त्रीकी छोरी आफ्नो बुवा बिरामी भएपछि चिन्तित छिन् ।  मरियमका लागि पिता सबैभन्दा महत्वपूर्ण छन् त्यसकारण यतिबेला उनको स्वास्थ्यमा नै ध्यान दिन आवश्यक छ ।’

पार्टीकी प्रवक्ताले मरियम भावनात्मक रुपमा ठिक भएपछि पक्कै पनि बोल्ने बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप