रियलको जीतमा बेलबिरुद्ध हुटिङ्ग

एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । ३–१ को जीत निकाल्दै रियलले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको हो ।
विलियान जोसेले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर, खेलको ३७ औँ मिनेटमा करिम बेन्जेमाले खेल बराबरी गरे ।
दोस्रो हाफमा फेडरिको भालभर्डे र लुका मोड्रिचले गोल गर्दै रियललाई जीत दिलाए ।
खेलमा सब्सिटिट्युटका रुपमा मैदान प्रवेश गरेका गेराथ बेलले भने रियलका समर्थकहरुको हुटिङको सामना गर्नुपरेको थियो । गत अक्टोबर ५ पछि बेल पहिलो पटक रियलका लागि मैदान प्रवेश गरेका हुन् ।
यसअघि, वेल्सबाट युरो २०२० को छनौट खेल खेल्दा बेल ‘वेल्स, गल्फ, म्याड्रिड । इन द्याट अर्डर’ लेखिएको ब्यानरसँगै देखिएका थिए । यसबाट आक्रोसित बनेका रियलका समर्थकहरुले बेलले हरेक पटक बल पाउँदा हुटिङ गरेका थिए ।
अब रियलले मंगलबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।
शनिबार भएको अर्को खेलमा बार्सिलोनाले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिगमा संघर्षरत लेगानेसलाई पराजित गरेको छ ।
१३ खेल खेलेका बार्सिलोना र रियल म्याड्रिडको समान २८ अंक रहेको छ ।
योसुफ एन नेसरीले खेलको १२ औँ मिनेटमा लेगानेसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लुइस सुवारेज र एलेक्सिस भिडालले गोल गर्दै बार्सिलोनाको ३ अंक सुरक्षित गरे ।
शनिबार नै भएका अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई २–१ गोलले पराजित गर्यो भने एथ्लेटिको म्याड्रिड ग्रानाडासँग १–१ को बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन