केन्द्रीय संस्करण

काठमाडौँको आकाशमा अनौठो विमान

person explore access_timeमंसिर ८, २०७६ chat_bubble_outline2

शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए ।

राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन ।

हवाई क्षेत्रका जानकारहरुले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरुले त्यसका बारेमा आफूहरु अनभिज्ञ रहेको बताएका छन् । 

शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौँको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Nov. 25, 2019, 1:30 a.m. भगवान घिमिरे
    त्यसरी अपरिचित बिमान हाम्रो भूमिको आकाशमा उडेको देख्दा सबै मक्ख अनि ट्वाल्ल परेर हेरेछन कुनै शक्ति राष्ट्रको आकाशमा हुन्थ्यो भने त्यो विमानलाई ठाउँको ठाउँ खसालिन्थ्यो। त्यसरी अर्काको भूमिमाथि बिना अनुमति त्यो जासुस बिमान उडाउन कहाँ पाइन्छ। देश कम्जोर भएपछी जसले जे गरेपनि हुने रहेछ।
  2.  0 Reply
  3. Nov. 24, 2019, 9:13 a.m. Sajan
    Bhaktapur ko tathalibat udayako dekhiyako x.7:10 am
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.