देउवाले पोखरामा बोलेको कुराको जति निन्दा गरे पनि कम हुन्छ: नारायणकाजी श्रेष्ठ
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओली माथि निराधार आरोप लगाउनुभएको बताएका छन् । देउवाले शनिबार पोखरामा सम्बोधन गर्दा भारतले नेपालको सीमा मिचेर बनाएको नक्साको प्रसंगमा प्रधानमन्त्री ओलीमाथि अनावश्यक आरोप लगाएको श्रेष्ठले बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोपि गर्दै पूर्व प्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ ।’
उनले यसरी राष्ट्रियता जस्तो संवेदनशील विषयमा बोल्नु घातक र अक्षम्य हुने भन्दै शीर्ष नेताहरुले अझै नचेतेको बताएका छन् । सभापति देउवा लगायतका काँग्रेस नेताहरु केही दिनदेखि उपनिर्वाचनको अभियानमा पोखरामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा