समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने, ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । नेपाल समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । सो पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको हो ।
बैठकले सरकारसँग दु्ईबुँदे सम्झौता कार्यान्यनका सन्दर्भमा छलफल गर्न ४ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।
कार्यदलमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहेका पार्टीका नेता डा.शिवजी यादवले जानकारी दिए ।
आज बसेको समाजवादी पार्टीको पदाधिकारी वैठकको निर्णय (२०७६ मंसीर ७)
१. प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।
२. असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी ने.क.पा. सँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।
३. वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?