बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टोट्टनहाममा मोउरिन्होको सुखद् सुरुवात

शनिबार, ०७ मङ्सिर २०७६, २० : ५९
शनिबार, ०७ मङ्सिर २०७६

भर्खर इङ्लिस क्लब टोट्टनहाको प्रशिक्षक पद सम्हालेका जोसे मोउरिन्होले प्रिमियर लिगमा सुखद सुरुवात गरेका छन् । प्रिमियर लिग अन्तर्गत मोरिन्होको पहिलो खेलमा शनिबार टोट्टनहामले वेस्ट हाम युनाइटेडलाई उसैको मैदानमा ३–२ गोलले हरायो । टोट्टनहामको जितमा सन ह्युन मिन, लुकास मौरा र ह्यारी केनले गोल गरे । 
घरेलु टोली वेस्ट हामका लागि मिचेल एन्टोनियो र एन्गेलो ओग्बोनाले गोल गरेका थिए । सनले ३६औं मिनेटमा गोल गर्दै टोट्टनहामलाई अग्रता दिलाए ।
 लुकासले ४३औं र केनले ४९औं मिनेटमा गोल गरेका थिए । 
टोट्टनहामको तीन गोलपछि लयमा फर्किएको वेस्ट हामका लागि मिचेलले ७३औं र एन्गेलोले खेलको अन्तिममा एक गोल फर्काएका थिए । जितसँगै १३ खेलबाट १७ अंक बनाएको टोट्टनहाम छैटौं स्थानमा छ । १३ अंक बनाएको वेस्ट हाम १६औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप