सिरियामा बिष्फोटमा परी १० को मृत्यु, कैयौँ घाइते
सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । विष्फोटमा परी २५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।
राकाको ग्रामिण इलाका ताल अब्याद टर्कीको सिमानामा रहेको टर्कीको सहयोगप्राप्त विद्रोहीको प्रभाव क्षेत्र हो ।
सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार घटनामा कम्तीमा पाँच जना सर्वसाधारण परेका र पाँच विद्रोही रहेको बताइएको छ । उक्त घटनामा २२ जना सख्त घाइते भएका छन् भने केहीलाई सामान्य चोट लागेको बताइएको छ ।
घाइतेमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या थप वृद्धि हुनसक्ने बेलायतस्थित उक्त संस्थाले जनाएको छ ।
गत महिना टर्कीले आफ्नो सीमा क्षेत्रमा रहेका कुर्दिस नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि उनीहरू (विद्रोही लडाकू) तेल अब्यादमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच