बिपी स्मृति अस्पतालको अध्यक्षमा डा. केसी
काठमाडौं । बिपी स्मृति सहकारी अस्पताल लिमिटेड वसुन्धराको अध्यक्षमा पुनः डा केदारनरसिंह केसी चयन भएको छन् । अस्पतालको आज सम्पन्न १२औँ वार्षिक साधारणसभाले डा केसीलाई आगामी चार वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको हो ।
कार्यक्रममा अध्यक्ष केसीले अस्पतालले आगामी दिनमा न्यूरो, कार्डियो सर्जरी र क्यान्सरको उपचार थाल्ने योजना रहेको बताए । उनले स्थापनाको १२ वर्षमा अस्पतालले आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्नेदेखि रु २५ करोड बराबरको चल÷अचल सम्पत्ति जम्मा गरेको बताए । अस्पतालमा करीब ६०० शेयर धनी रहेका छन् ।
महेन्द्रनारायण निधि अस्पतालमा रक्तदान
यसैबीच नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा महेन्द्रनारायण निधि मेमोरियल अस्पताल वसुन्धरामा रक्तदान गरिएको छ ।
नेपाली काङ्ग्रेसको भ्रातृ संस्थाका रुपमा रहेको सङ्घले आज सामाजिक कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सङ्घका अध्यक्ष ओम थापामगरले सङ्गठन विस्तारसँगै सामाजिक कार्यमा पनि मगर सङ्घलाई सक्रिय बनाउनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
सो अवसरमा १०० भन्दाबढी व्यक्तिले रक्तदान गरेका थिए । बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यले अस्पतालको संयोजनमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का