शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएनपार्कमा मोटरसाइकल ठोक्कियो, एकजनाको घटनास्थलमै मृत्यु

शनिबार, ०७ मङ्सिर २०७६, १६ : ४१
शनिबार, ०७ मङ्सिर २०७६

काठमाडौँ । युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराई रहेका छन् । 

कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको मोटरसाइकलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग मङ्गलबजारमा इन्चार्ज अनमोल पाण्डेले जानकारी दिए । 

इन्चार्ज पाण्डेका अनुसार बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक भट्टराईको मृत्यु भएको हो । भटट्टराईको कामको सिलसिलामा सोही बाटो हुँदै बानेश्वर जाँदै थिए । 

यस्तै कैलाली घर भई बसुन्धारा बस्ने २३ वर्षीय लक्ष्मण आचार्य घाइते भएका छन् । आचार्यको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार बा९१प १३०१ नम्बरको मोटरसाइक चालक विकल थापा प्रहरी हिरासतमा छन् भने मोटरसाइकलमा पछाडी बस्ने अर्का व्यक्ति सामान्य उपचारपछि घर गएका छन् । 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप