रङ्गभेदविरुद्ध एकताको नाममा सिके राउतको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाममा शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । सो पार्टीले राजधानीको खुल्लामञ्चमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आमसभाको गरेको हो ।
सिके राउतले आमसभामा सहभागी गराउनका लागि तराई मधेशबाट आफ्ना कार्यकर्ता उतारेका थिए।
आमसभामा प्रमुख वक्ताका रुपमा सिके राउत रहेका थिए ।
मधेशीलगायतका समुदायमाथि रङ्गको आधारमा हुने विभेदलाई रङ्गभेद भन्दै अध्यक्ष राउतले त्यसको विरोधमा काठमाडौमा आमसभा गरेका छन् । सो कार्यक्रममा सहभागिताका लागि विभिन्न स्थानबाट निकालिएको जुसुलका क्रममा सिके राउत समेत सहभागी थिए ।
‘रंगभेद जघन्य अपराध हो, यसलाई निर्मूल गरौं’ लेखिएको व्यानरसहितको गौशला, महाराजगंज र कृतिपुरबाट झाँकीसहितको र्याली कार्यक्रमस्थलमा पुगेको थियो । प्रत्येक वर्ष मंसिर १० गते मनाइने रंगभेदविरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस वर्ष सात गते नै मनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले मधेशी, थारु, आदिवासी जनजातिसँग भइरहेको रंगभेद अन्त्य गर्नु पर्ने बताए। आफूहरुले नेपालमा समान अधिकार मात्र मागेको राउतले दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान
-
विदेशी लगानी खुला गर्नेदेखि ५ वर्ष वृद्धभत्ता नबढाउन खनाल आयोगको सुझाव, कार्यान्वयन कति सम्भव ?
-
भारतमा धुलोयुक्त तीव्र आँधी
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय