के साँच्चै महिला र पुरुषको दिमागमा फरक छ ?
एजेन्सी । व्यवहारसम्बन्धी स्नायी वैज्ञानिक गिना रिप्पनको जिन्दगीमा सन् १९८६ को जुन ११ सबैभन्दा खुसीको दिन थियो ।
त्यस दिन उनले आफ्नो छोरीलाई जन्म दिएकी थिइन् । र सोही दिन चर्चित फुटबलर गैरी लिनेकरले पुरुष फुटबल विश्वकपमा ह्याट्रिक गरेका थिए ।
त्यो रात रिप्पनलाई भर्ना गरिएको वार्डमा ९ वच्चाको जन्म भएको थियो । रुदैं गरेका साना नानी एक एक गरेर तिनका आमालाई दिइदैं थियो ।
उनको बच्ची दिदाँ नर्सले भनेको कुरा रिप्पनलाई अझै याद छ । नर्सले उनलाई भनिन् ,‘ यो बच्ची सबैभन्दा बढी चिल्लाई रहेकी छिन् । छोरीको जस्तो आवाजनै छैन ।’
बच्ची जन्मिएको १० मिनेट पनि नहुदाँ तिनलाई छोरा र छोरीजस्तो भन्न थालिएकोबाट रिप्पनको मनमा भने चिसो पस्यो ।
छोरा–छोरीमा गरिने यस्तो भिन्नता विश्वभरी व्याप्त छ । प्रकृतिले महिला र पुरुषलाई एक समान बनाएको छ । हाम्रै समाजमा पनि नारी र पुरुष जिन्दगीको गाडिका दुई चक्काभन्ने जस्ता केही विश्वास व्याप्त छ । तर फेरी दुईलाई एकदम फरक रुपमा लिइन्छ ।
यो विचारको चुनौती दिनको लागि रिप्पनले कयैन दशकदेखि निरन्तर लागिरहेकी छिन् । यी अनुसन्धानमार्फत उनले ‘द जेण्डर्ड ब्रेन’ नामको किताब लेखेकी छिन् ।
‘दिमागको आकार र सोच्ने क्षमताबीच सम्बन्ध’
रिप्पन आफै मानिसको दिमाग लिंगको आधारमाट अलग नहुने बताउदैं हिडिरहेको समयमा उनको किताबको शिर्षकले अन्यौलता उत्पन्न गराउन सक्छ ।
जन्मेदेखि बुढेसकालसम्म हाम्रो व्यवहार, चाल–ढाल र सोच्ने तरिकाको आधारमा महिला र पुरुषको दिमाग निक्कै फरक छ भन्ने गरिन्छ ।
रिप्पनलाई सन् २०१९मा आइपुग्दा पनि हामीहरु यस्तो पुरातन सोचले अघि बढिरहको देख्दा असहज लाग्छ । फरक रंगरुपमा भए पनि लैंगिक भेदभाव आज पनि जारी छ ।
विगत २०० वर्षदेखि महिला र पुरुषको दिमाग फरक भए नभएको भन्ने अनुसन्धानबाट जवाफ सधैं नकारात्मक आइरहेको छ ।
विज्ञान र प्रविधिको सहयोग लिएर गरिएका कयैन पुराना विश्वास पूर्ण रुपले गलत साबित भएका छन् । फेरी पनि समाजबाट यो फरक मेटिएको छैन ।
महिलाको मस्तिष्क पुरुषको तुलनामा औसतमा सानो हुन्छ । औसत महिलाको मस्तिष्कको आकार औसत पुरुषको मस्तिष्कको तुलनामा करिब १० प्रतिशत सानो हुन्छ ।
मस्तिष्कको आकार र सोच्ने क्षमतामा कुनै सम्बन्ध नभएको उदारणको लागि रिप्पनले हाती र ह्वेलको दिमागको उदारण दिइन । तिनको दिमागको आकारसँग मानिसको तुलनामा कयैन गुणा बढी हुन्छ, तर तिनको तार्किक क्षमता मानिसको छेउछाउ पनि आउदैन ।
भनिन्छ, चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्कको आकार औसत पुरुषको तुलनामा सानो थियो । तर उनले त्यही दिमागबाट विश्वचर्चित आविष्कार गरे ।
यी आधारहरुलाई भन्न सकिन्छ कि दिमागको आकार र सोच क्षमता कुनै लिनुदिनु हुदैन । तर पनि समाजमा भिन्नताको प्रश्न बलियो छ ।
नक्सा पढ्ने काम सामान्य ध्यान दिएर गर्न सकिने कार्य हो । तर अक्सर यो काम पुरुषले राम्रोसँग गर्न सक्छन् भन्ने विश्वास गरिन्छ ।
‘महिलाको दिमागका गोदार्धबीच सुचना आदानप्रदान बढी’
रिप्पन मस्ष्किको आकारको अन्तरलाई नै अत्यधिक बढाईचढाई गरेर पेस गरिएको मान्छिन् ।
हाम्रो दिमाग दुई गोलार्धमा विभाजित हुन्छ । यी दुई हिस्साको बीचमा रहेको कार्पस कैलोसमले दिमागको दुई हिस्साको पुलको काम गर्छ ।
यसलाई ‘सुचनाको पुल’ पनि भनिन्छ । यो पुल पुरुषको तुलनामा महिलाहरुमा बढी व्यापक हुन्छ ।
विज्ञानको यो खोज महिलाहरु तर्क वितर्क गर्ने विषयमा कमजोर हुन्छ भन्नेहरुको लागि जवाफ हो । समाजमा महिलाहरु तर्कवितर्कभन्दा भावना क्षेत्रमा सबल हुने विश्वास गरिन्छ । तर अनुसन्धानले यो विश्वासलाई गलत साबित गर्छ ।
रिप्पन आफ्नो किताबमा लेख्छिन् ,‘ आम धारणा के छ भने पुरुष गणित र विज्ञानमा राम्रो हुन्छन् । यी दुई कठिन विषयलाई तिनको दिमागले धेरै राम्ररी सम्झिन्छ भन्ने विश्वास छ । जबकी यो दावी सरासर गलत हो । दशकौंको अनुसन्धानपछि साबित भएको छ कि दिमाग एकै तरिकाले काम गर्छ । दिमागलाई मात्र हेर्दा त्यो महिला वा पुरुषको हो भनेर छुट्याउन नसकिने अवस्था छ ।’
हाम्रो सोचलाई आकार दिनका हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ । महिलाहरु हरेक महिना महिनावारी चक्रबाट गुज्रिन्छन् । यो समयमा तिनको शरिरमा कयैन हाम्र्रोन उत्सर्जित हुन्छ । यही कुरालाई देखाएर तिनलाई कयैन महत्वपूर्ण कामबाट टाढा राखिन्छ ।
यहाँसम्म कि अमेरिकाको स्पेस कार्यक्रममा महिलाहरुलाई यही आधारमा सामेल गरिएको थिएन । ‘प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम’को अवधारणामा सबैभन्दा पहिले सन् १९३० मा सार्वजनिक भएको थियो ।
आज पनि धेरै मानिस महिनावारी सुरु हुनु अघि महिलाको शरिरमा हुने बदलावले तिनको सोचविचार गर्ने क्षमता असर पार्छ भन्ने विश्वास गर्छन् ।
रिप्पन एक अनुसन्धानको आधार भन्छिन् ,‘महिनावारी शुरु हुनु अघि महिलाहरुको ठूलो मात्रामा एस्ट्रोजन नामको हार्मोन सक्रिय हुन्छ । यसले महिलाहरुको सम्झिने शक्तिमा सकारात्मक प्रभाव पार्छ ।’
के महिला र पुरुषको दिमाग एकै रुपमा काम गर्छ ?
रिप्पनका अनुसार महिला–पुरुषबारेको धारणा समाजमा यति गहिरो प्रभाव जमाएर बसेको छ कि अनुसन्धानमा नतिजा त्यही विधमान धारणा अनुरुप आउँछन् । अनुसन्धानदाता यही समाजको हिस्सा भएकाले तिनमा यसको असर पर्छ नै ।
महिला स्वयमको सोच पनि यही धारणा अनुरुप आकार लिन थाल्छ । हामी सबैको मस्तिष्क एकै रुपमा काम गर्छ । तर हुर्कदैं गर्दा तिनलाई जसरी तालिम दिइन्छ तिनले सोही अनुरुप काम गर्न थाल्छ ।
समाज सयौं वर्षदेखि महिला र पुरुषबीच फरक व्यवहार गर्दै आएको छ । हामी खेलौनासमेत बच्चाको लिंगको आधार दिएर हद गर्छौं ।
यदी कुनै बालक गुडिया खेल्न थाल्यो भने परिवारका मानिसलाई चिन्ता लाग्न थाल्छ कतै छोरा अर्कै दिशामा त जान लागेको छैन । यही कुरा बालिकाको सन्दर्भमा पनि लागू हुन्छ ।
धेरै मानिस बच्चालाई लिङ्गका आधारमा फरक खेलौना दिनु उचित नभएको मान्छन् । रिप्पन बालबच्चाको लागि त्यस्तो खेल र खेलौना दिनुपर्ने मान्छन् जसले मस्तिष्कको विकास धेरैभन्दा धेरै हुन सकोस् ।
बालबालिकाहरुलाई सानैबाट विभेद गर्न नहुने भन्दै ब्रिटेनमा ‘लेट्स टोयज बी टोयज’ नामको अभियान चलाइएको छ । अस्ट्रेलियामा पनि मानिसहरुलाई बच्चैदेखि केटा–केटीको भेद अन्त्य गर्नको लागि प्रेरित गर्न ‘प्ले अनलिमिटेड’ नामको अभियान चलाएको छ ।
यी अभियानले आंशिक सफलता प्राप्त पनि ग¥यो । तर यसलाई व्यापक रुपमा लानुपर्छ ।
साँचो यही हो कि मानिसको दिमाग एकै हुन्छ । र , यसको कामको शैली हरेक मानिसमा अलग अलग हुन्छ । केटा वा केटीका अधारमा त्यसमा कुनै भिन्नता हुदैन । जति भिन्नता हामीले देख्छौं त्यो हुर्कदैं गर्दा समाजले सिकाएको कुरा हो ।