
नेयमार फर्किएको खेलमा पीएसजी विजयी

सुपरस्टार नेयमार डेढ महिना पछि फर्किएको खेलमा पेरिस सेन्ट जर्मन पीएसजीले बलियो प्रतिद्वन्द्वी लिलेमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा सुक्रबार राति भएको खेलमा पीएसजीले लिलेलाई २–० गोलले हरायो ।
पीएसजीले दुवै गोल पहिलो हाफका गरेको थियो । पीएसजीलाई जिताउन माउरो इकार्डीले १७औं मिनेटमा खाता खोले । इकार्डीले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । एन्जल डी मारियाले ३१औं मिनेटमा ड्राक्सलरको पासमा गोल गरेका थिए । दोस्रो हाफमा लिलेले गोल गर्ने अवसर बनाएपनि सफल हुन सकेन ।
पीएसजीमा नेयमारले पुनरागमन गरेपनि गोल गर्न सकेनन् । ह्यामस्ट्रिङका कारण नेयमार गत अक्टोबर देखि मैदान बाहिर थिए । नेयमारलाई दोस्रो हाफमा अर्का युवा स्टार केलियन एमबाप्पेले रिप्लेस गरेका थिए । यस जितसँगै पीएसजीले आफ्नो शीर्ष स्थान थप बलियो बनाएको छ । पीएसजीले १४ खेलबाट ३३ अंक बनाएको छ । समान खेलबाट १९ अंक बनाएको लिले सातौं स्थानमा छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ