श्रीलङ्काका राष्ट्रपतिद्वारा १६–सदस्यीय अन्तरिम मन्त्रीमण्डलको घोषणा

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले शुक्रबार १६–सदस्यीय मन्त्रीमण्डलको घोषणा गरेका छन् । नयाँ मन्त्रीमण्डलले सन् २०२० को मार्चमा हुने निर्वाचनसम्म काम गर्नेगरी जिम्मेवारी तोकिएको छ । सरकारमा भूतपूर्व राष्ट्रपतिसमेत रहेका आफ्नै दाजु महिन्दा राजापाक्षले प्रधानमन्त्रीका रूपमा बिहीबार पद तथा गोपनियताको सपथ लि ।
राष्ट्रपतिका अर्का भाइ चमाल राजापाक्षलाई कृषि, सिँचाई, आन्तरिक व्यापार तथा उपभोक्ता हित मन्त्री बनाइएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षले वित्त, आर्थिकमामिला, आवास, शहरी विकास, खानेपानी आपूर्ति र बुद्धधर्मसम्बन्धि काम गर्नेछन् । प्रधानमन्त्री राजापाक्षले सन् २००६ देखि २०१५ सम्म शक्तिशाली राष्ट्रपतिकारूपमा श्रीलङ्कालाई नेतृत्व प्रदान गरेका थिए ।
निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पक्षका राष्ट्रपतिका उम्मेदवार सजित प्रेमादासाको पराजयसँगै पदबाट राजिनामा दिएपछि अन्तरिम सरकार गठन गरिएको हो ।
मन्त्रीमण्डलका अन्य सदस्यमा निमाल सिरिपाला, अरूमुगम थोन्दामन, डग्लास देभानन्द, पवित्रादेवी वान्नीआराच्ची, बन्दुला गुणवार्दने, जानका बन्दारा तेन्नाकुन, डल्लास अलाहाप्पेरूमा, विमल विरावान्सा, महिन्दा अमराविरा, एस एम चन्द्रसेना, रमेश पाथिराना र प्रसन्न रणतुङ्गा रहेका छन्। –एएनआई/Photo:Jagaran.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी