शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कार र संस्कृति जोगाउन कृष्ण भँडेललाई जिताउनुहोस् : नेता जोशी

शुक्रबार, ०६ मङ्सिर २०७६, १८ : ५२
शुक्रबार, ०६ मङ्सिर २०७६

भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले  मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुरबाट काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । घरदैलो कार्यक्रमका लागि कमलविनायक आइपुगेका जोशीले भक्तपुर– १  प्रदेश (ख )मा भक्तपुरको जनताले आफ्नो कला, संस्कार, संस्कृति र परम्परा जोगाउनका लागि कृष्ण भँडेललाई जिताउन आग्रह गरे ।


 उनले भने, ‘भक्तपुरको एक सिट जित्दैमा कांग्रेस सत्तामा र कम्युनिष्टको बहिर्गमन हुने होइन । यो उपनिर्वाचमा कृष्ण भँडेलले भक्तपुरबाट जित्दै गर्दा नपाली जनताले सरकारलाई सच्चिन चेतावनी दिएको भन्ने सन्देश प्रवाहित हुनेछ ।’

 भँडेल प्रदेश सभा जाँदै गर्दा भ्रष्टचारमा रुमल्लिएको सरकारलाई एउटा  झापट लाग्ने उनको भनाइ थियो । फरक प्रसंगमा जोशीले सरकारले काममा राष्ट्रियता देखाउनुपर्नेमा बोलेर आफू महान् राष्ट्रवादी भएको नाटक मन्चन गरिरहेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप