बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर २७ मा रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड

शुक्रबार, ०६ मङ्सिर २०७६, १८ : ०५
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७ मा आयोजना हुने भएको छ । शुक्रबार राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अयोजक रेडियो कान्तिपुरले अवार्डको बारेमा जानकारी गराएको हो ।

रेडियो कान्तिपुरले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्न लागेको रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसीले जानकारी गराए । उत्कृष्ट नवगायक र गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक,उत्कृष्ट लोकदोहरी गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिका विधा अवार्डमा समावेश गरिएको छ । 

सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएका एकजना मुर्धन्य सङ्गीत साधकलाई अवार्डमा लाईफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ । लाईफ टाइम एचिभमेन्ट अवार्डको पुरस्कारको राशी एकलाख रुपैयाँ रहेको छ । 

त्यस्तै अवार्ड कार्यक्रममा सङ्गीतका १५ विधा र लाइफ टाइम एचिभमेन्टसँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने डिसीले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप