बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘हेजिङ’ ऐन कार्यान्वयनमा ल्याइएको छ, ढुक्क भएर लगानी गर्नुस् : मन्त्री खतिवडा

शुक्रबार, ०६ मङ्सिर २०७६, १८ : ०६
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भइरहेको जानकारी दिए । काठमाडौंमा जारी उर्जा सम्मेलनमा उनले विद्युत उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न सरकारले  ऐन, कानुनमा सुधार गरेको बतए । 

सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर आन्तरिक खपत १ हजार ५ सय मेघावाट मात्रै हुने भएकाले विद्युत निर्यातका लागि बजारको खोजी गर्नुपरेको मन्त्री खतिवडाको भनाइ छ । 

डलरमा हुने उतारचढावका कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन ‘हेजिङ’ ऐन लागू गरि कार्यान्वयनमा ल्याइएकाले ढुक्क भएर लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्तालाई उनले आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले विश्व बैंकको पछिल्लो तथ्यांकले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको देखिएकाले नेपालमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको बताए । उनले जलविद्युत क्षेत्रमा लगानी गरेर पूँजी बजारबाट लाभ लिन पनि सम्बन्धित सबैलाई आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप