शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ५० औँ हजार मानिस उतारेर नेपाल भ्रमण वर्षको घोषणा गर्छु : मन्त्री भट्टराई

शुक्रबार, ०६ मङ्सिर २०७६, १७ : ४५
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार मानिस उतार्ने  घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार मानिस उतारेर नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन् । 

नेपाल भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर नेपाल भ्रमण वर्षको शुभारम्भ गर्न करिव ४० देशका पर्यटन मन्त्रीहरुलाई नियन्त्रणा गरिएको पनि स्पष्ट पारे ।

मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको बताए । सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप