शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा गौरिकाको हौसला बढाउने बन्यो ‘हिप हिप हुर्रे गौरिका’ गीत

शुक्रबार, ०६ मङ्सिर २०७६, १७ : ४२
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । यसै महिना नेपालमा दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्मरण आयोजना हुँदैछ । यो सागमा पदक दिलाउन नेपालले आशा गरेका केही खेलाडी छन् । ती मध्यकी एक हुन् गौरिका सिंह । राष्ट्रिय खेलकुदमा आफ्नो एकछत्र प्रभूत्व कायम गरेकी यी गौरिका पौडीबाज हुन् । 

सागमा उनलाई हौसला पुर्याउने उदेश्यले तिलस्मी खड्काले अहिले एक गीत समेत बनेको छ । ‘हिप हिप हुर्रे गौरिका’ बोलको गीत हालै सार्वजनिक गरिएको हो ।  गोल्डेनगेट कलेजमा कक्षा १२ को पढाई सिध्याएकी तिलस्मीले खेलाडीको हौसलाको लागि गति बनाएको बताइन् । 

सर्लाही, हरिवनकी तिलस्मीको गतीमा संगीत उनकै पिता योगाज खड्काले संगीत भरेका छन् । गतिको शब्द पनि योगाजले नै कोरेका हुन् ।  योगाज गौरिका फ्यान भएका कारणले उनीमाथि गीत बनाएका हुन् । उनले गीत बनाउनुको अर्का कारण पनि छ । ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हौसला बढाउने हिसाबले यो गीत लेखेको थिएँ’ योगाजले थपे ‘अहिले दक्षिण एसियाली खेलकुदमा गौरीले पनि उनले भाग लिँदैछिन् । त्यसैले यतिबेला सार्वजनिक गर्नु उपयुक्त हुने ठानेको हुँ ।’

गायिका तिलस्मीले पनि गीतबाट चर्चा पाउने आस गरेकी छन् । गीत सार्वजनिक समय सहित भएकोले ‘टाइमिङ’ स आफूलाई चर्चा दिलाउने उनको विश्वास छ ।  गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका हुन् । १३ औं सागका लागि गौरिका २ डिसेम्बरमा नेपाल आउँदैछिन् । यसपालीको राष्ट्रिय खेलकुदमा समेत उनले कीर्तिमानी १२ स्वर्ण जितेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप