उपनिर्वाचनमा आचारसंहिता पालना गर्ने राजनीतिक दलहरुको प्रतिबद्धता
बुटवल । यही मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको आचारसंहिताबारे गुल्मीका राजतीतिक दल र अन्य सरोकारवाला निकायबीच छलफल भएको छ । जिल्लाको एक मात्र वडा रुरु क्षेत्र गाउँपालिका – ६ रिमुवामा वडाध्यक्षको निर्वाचन हुँदैछ । २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष पूर्णबहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल भएको थियो । छलफलमा राजनीतिक दलले आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका थिए । यता निर्वाचनमा राजनीतिक दलहरुले पालना गर्नु आचारसंहिताबारे जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले जानकारी गराएका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले निर्वाचनका क्रममा हालसम्म भएका काम र अवस्थाबारे जानकारी गराएका थिए । निर्वाचनमा आचारसंहिता र हालको अवस्थाबारे मुख्य निर्वाचन अधिकृत पौडेलले सरोकारवाला निकायलाई अवगत गराएका थिए ।
निर्वाचनको लागि मतदाता शिक्षा प्रदान गर्न मंसिर ५ देखि २ जना कर्मचारी मतदान हुने स्थलमा खटिएको जनाइएको छ । मतदाता शिक्षा कर्ताले मतदान कसरी गर्ने लगायतका शिक्षा प्रदान गर्ने कार्य गरिरहेको पोखरेलले बताइ । निर्वाचनमा गत साउन १६ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका मतदाताले मात्रै मतदान गर्न पाउने छन् । अघिल्लो र्निाचनमा मतदानको लागि परिचयपत्र पाएकालाई यसपटक भने नयाँ वितरण नहुने बारे जानकारी गराइएको थियो ।
नयाँ दर्ता भएकाले मात्रै मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न सुरक्षा रणनितिबारे जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी गराएका थिए ।
शान्तिपूर्ण बातावरणमा निर्वाचनलाई सम्पन्न गर्न दलहरु लगायत सरोकारवालाहरुको सहयोग जरुरी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।
निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिन्जाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् । त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदवार रहेका छन् ।
वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको लागि एउटा मतदान केन्द्रमा दुई वटा स्थल राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता