सरकारमा जानेबारे संयोजक महतो भन्छन्, ‘नजाने गाउँको बाटो किन सोध्ने ?’

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।
शुक्रबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै राजपाका संयोजक महतोले समाजवादी पार्टी सरकारमै रहेकाले तत्काल एकता सम्भव नरहेको बताएका हुन् । उनले देशमा काँग्रेस र कम्युनिष्टको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताउदैँ उनले काँग्रेस र नेकपाको विकल्पमा नयाँ वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडी बढ्ने स्पष्ट पारे । तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने उनको जिकिर थियो ।
संयोजक महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनालाई पूरा गर्नका लागि वैकल्पिक शक्ति निर्माण गर्नमा सहयोगका लागि आग्रह समेत गरे । उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीहरुसँग एकताको कुरो भइरहेको जानकारी दिए ।
मन्त्रिमण्डल पुनर्गठनको विषयमा केही बोल्न नचाहेका संयोजक महतोले भने– नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ र हाम्रो सरोकारको विषय पनि होइन ।
राजपा पनि सरकारमा सहभागी हुने विषयमा महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरु बिरुद्धको मुद्दा फिर्ता लगायतका माँगहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने स्पष्ट गरे । उनले हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’