पाँच लाख घुससहित मालपोत कार्यालय सिरहाका अधिकृत पक्राउ
सिरहा । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई ५ लाख घुससहित अख्तियारले पक्राउ गरेको छ । सेवाग्राहीबाट लिएको नगद पाँच लाखसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीको टोलीले कार्यालयबाटै मण्डललाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीको फाईल उच्च अदालत जनकपुरको राजविराज कार्यालय पठाउन रकम माग गरेको सूचनाको आधारमा खख्तियार टोली त्यहाँ पुगेको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । टोलीले निमित्त प्रमुख मण्डललाई घुसवापत लिएको रकमसहित कार्यकक्षमा नै नियन्त्रणमा लिएको हो । मण्डललाई अहिले अख्तियार कार्यालय वर्दिवास लगिएको छ ।
यसअघि पनि मालपोत कार्यालय सिरहका प्रमुख अधिकृत ज्ञानराज लम्साललाई ४० हजार घुससहित अख्तियारले पक्राउ गरेको थियो । उनले सिरहा नगरपालिका १३ मल्हनिया गम्हरियाका दिपु साहसँग ४० हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा अख्तियारले नियनन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी