शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धरहरा पुनर्निर्माण ३२ प्रतिशत सम्पन्न, तेस्रो तला ढलान सकियो

शुक्रबार, ०६ मङ्सिर २०७६, १३ : २३
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौँ । भूकम्पबाट ध्वस्त भएको धरहरा पुनर्निर्माणको काम ३२ प्रतिशत सम्पन्न भएको छ । हालसम्म तेस्रो तलाको ढलान सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । शुक्रबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले धरहराको तेस्रो तलाको ढलान सम्पन्न भएको बताए ।

उनले धरहरा निर्माणको कामले गति लिइरहेको बताउँदै सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय सार्न प्रिफ्याब भवन बनाइएको जनाए । यस्तै, राष्ट्र बैंकको टक्सार कार्यालय सारिएको र स्थानीयको मागअनुसार बाटो खुला गरिएको उनले प्रष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप