शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गर्न तयार छौं: राजश्व सचिव

शुक्रबार, ०६ मङ्सिर २०७६, १३ : ०९
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । राजश्व अधिकारीहरुले कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा नेपाल उद्योग परिसंघमा आयोजित अन्तक्र्रियामा राजश्व सचिव शिशिरकुमार ढुंगानाले करको संरचनागत सुधारका प्रयासहरु भइरहेको जानकारी गराउदैं राजस्व परिचालनमा सरकार र निजी क्षेत्र सँगसँगै रहनु पर्ने बताए । 

कर प्रणालीलाई पारदर्शी बनाउन कानूनी र प्राविधिक सुधारलाई सँगसँगै लगिएको सचिव ढुंगानाले बताए । लगानी विस्तार तथा निर्यातकहरुलाई कर सहुलियत बढाउन सरकार प्रतिबद्ध रहेको भन्दै सचिव ढुङ्गानाले सामाजिक न्यायको प्रतिवद्धता पुरा गर्न तथा आम्दानी खर्चमा सन्तुलन ल्याउनु पर्ने भएकाले करबाट मात्र सहुलियत नखोजेर अन्य क्षेत्रमा सहयोग गर्न सरकार तत्पर रहेको उल्लेख गरे  । 

सो अवसरमा अर्थमन्त्रालय राजस्व महाशाखा प्रमुख धनिराम शर्मा तथा आन्तरिक राजस्व विभागमा उप–महानिर्देशक थानेश्वर गौतमले कर तिर्ने प्रक्रियामा रहेका झन्झट हटाउने उपायबारे अध्ययन भइरहेको र त्यसले दिने सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे  । मूल्य अभिवृद्धि कर फिर्तामा भइरहेको ढिलाई सम्बोधन गर्न छिटै कार्यविधि तयार हुने जानकारी पनि उप–महानिर्देशक गौतमले उल्लेख गरे ।

अन्तक्र्रियामा राजस्व तथा करको नीतिगत तथा संरचनागत अवस्थाबारे प्रस्तुति दिँदैं अर्थविद् डा.विश्व पौडेलले करमा अन्तशुल्कको भार कम गर्दै लैजाने, करको दायरा विस्तार गर्ने तथा करलाई लगानीमैत्री बनाउन जरुरी रहेको बताए  । व्यवसायबाट प्राप्त नाफालाई सोही व्यवसाय विस्तारमा लगाएर रोजगारी सृजना तथा उत्पादकत्व बढाउने लगानीकर्तालाई सहुलियत दिएमा अर्थतन्त्रको आधार विस्तार हुनेतर्फ अर्थविद् पौडेलले नीति निर्माताको ध्यानपुग्नु पर्ने पनि औल्याए । 

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले राजस्व तथा करका क्षेत्रका समसामयिक विषयमा नीतिगत सुधार तथा व्यवहारिक समस्या समाधानका लागि अन्तक्र्रिया आयोजना गरेको जनाए  ।
अध्यक्ष मोरले कर प्रणालीमा संरचनात्मक सुधार गरी आयातमा रहेको निर्भरतालाई घटाइ क्रमशः आन्तरिक आर्थिक कृयाकलापमा आधारित तुल्याई दीगो राजस्व प्रणालीमा रुपान्तरण गर्ने नीति लिइनुपर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप