बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल–भारत सीमा विवादमा एसडी मुनी भन्छन्, ‘भारतविरोधी राष्ट्रवाद नेकपा र केपी ओलीको हितमा छैन’

‘नेपालमा ‘ग्रेटर नेपाल’ को कुरा उठिरहेको छ’
शुक्रबार, ०६ मङ्सिर २०७६, १२ : ३७
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौँ । भारतमा दक्षिण एसियाका विज्ञ एवं नेपाल मामलाका विशेष जानकार मानिने एसडी मुनीले नेपाल–भारत सीमा विवादबारे मुख खोलेका छन् ।

नेपालका विभिन्न राजनीतिज्ञसँग निकट सम्बन्ध राख्ने प्रा. एसडी मुनीले भारतीय अखबार ‘प्रभात खबर’मा लेख प्रकाशित गर्दै नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राखेका हुन् । शुक्रबार प्रकाशित उनको लेखमा नेपाल र भारतलाई सीमा विवादबारे छलफल गर्न सुझाव दिइएको छ ।

भारत र नेपालबीच रहेका कयौं मुद्दामध्ये कालापानीको मुद्दा पनि एउटा रहेको उनले स्वीकार गरेका छन् । कालापानीका बारेमा हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भूभाग नेपालको हिस्सा रहेको र भारतलाई त्यहाँबाट आफ्ना सुरक्षाकर्मी हटाउन भनेपछि यो मुद्दा चर्चामा आएको उनको बुझाइ छ ।

‘भारतले अक्टोबरमा जम्मू–कश्मीर र लद्दाख अर्थात् केन्द्र शासित नयाँ दुई प्रदेश गठनपछि देशको नयाँ नक्सा जारी गरेपछि नेपालबाट यस्तो बयान आएको हो,’ उनले लेखेका छन्, ‘उक्त नक्सामा कालापानी भारतको हिस्साका रुपमा देखिन्छ ।’

यसैमा नोभेम्बरको पहिलो साता नेपाल सरकारले आफ्नो आपत्ति जनाएको जिकिर गर्दै उनले संशोधित नक्सामा कुनै फेरबदल नभएको भारतीय दावीलाई पनि उल्लेख गरेका छन् । भारत र नेपालबीच यस विषयमा आपसमा छलफल चलिरहेको र यसअघि नै दुवै देशले सचिवस्तरमा छलफल गरेर सार्थक समाधान निकाल्ने तय पनि गरिसकेको उनले प्रष्ट पारेका छन् ।

अब के गर्ने भन्नेबारे तय नहुन्जेलसम्म पुरानै अवस्था बहाल हुने उनको तर्क छ । तत्काल कालापानीबाट भारत पछि हट्न जरुरी नरहेको जिकिर गर्दै उनले लेखेका छन्, ‘यही कारण भारतले अहिलेसम्म कालापानीलाई आफ्नो नक्सामा यथावत राखेको हो ।’

*****

‘यस प्रकारका बयानबाट दुवै मुलुकबीचको विवादको समाधान निस्कन कठिन हुन्छ,’ उनले लेखेका छन्, ‘किनकि कालापानीका बारेमा भारतसँग आफ्नो कागजात मौजुद छ, उक्त भूभाग आफ्नो रहेको नेपालको अडान छ ।’

*****

उनले छलफलमार्फत कालापानी वास्तवमै कसको भूभाग हो भन्ने तय नहुन्जेलसम्म नेपालको प्रधानमन्त्रीले त्यसप्रकारको बयान दिनु उचित नहुने तर्कसमेत गरेका छन् ।

‘यस प्रकारका बयानबाट दुवै मुलुकबीचको विवादको समाधान निस्कन कठिन हुन्छ,’ उनले लेखेका छन्, ‘किनकि कालापानीका बारेमा भारतसँग आफ्नो कागजात मौजुद छ, उक्त भूभाग आफ्नो रहेको नेपालको अडान छ ।’

नेपाल कम्युनिस्ट पार्टी यतिबेला भारतविरोधी राष्ट्रवादी धारणा अपनाइरहेको एसडी मुनीको विश्लेषण छ । सो पार्टीले कालापानीको मुद्दालाई उचालिरहेको जिकिर गर्दै उनले भनेका छन्, ‘यो उचित छैन– न नेपाल कम्युनिस्ट पार्टीका लागि, न त केपी शर्मा ओलीका लागि ।’ 

कालापानी विवादको सतहमा हेर्ने हो भने दुवै मुलुकले केही गडबडी गरेको उनको ठम्याइ छ । ‘त्यहाँ भारतको सैन्य बलले बेरिकेट बनाए, नेपालीहरुलाई आउन रोके, जसबाट नेपाल असन्तुष्ट छ,’ उनले लेखेका छन्, ‘यसैमा नेपालको राजनीति बदलिएको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा यो छ कि चीले पूर्ण रुपमा आफ्नो दखल दिइरहेको छ ।’ भारत र नेपालबीचको कुनै पनि विवादमा कुनै तेस्रो मुलुकको दखल भारतका लागि ठीक नहुने उनको तर्क छ । दुवै मुलुकले समझदारी नदेखाए नोक्सान निश्चित रहेको पनि उनले प्रष्ट पारेका छन् ।

यतिबेला नेपालमा ‘ग्रेटर नेपाल’ को कुरा उठिरहेको चर्चा गर्दैै उनले लेखमा भनेका छन्, ‘ग्रेटर नेपालको अर्थ हो– प्राचीन नेपाल, अर्थात् त्यो नेपाल जो भौगोलिक रुपमा विस्तृत थियो । यही ग्रेटर नेपाल आज नेपालीहरु माग गर्दैछन् ।’ यो मुद्दालाई चीन र पाकिस्तानले उचालिरहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘ग्रेटर नेपालको कल्पना कति साकार हुन्छ भन्ने बताउन मुश्किल छ तर कालापानी विवादको समाधान नेपाल र भारतबीच छलफलबाटै गर्नुपर्छ भन्ने निश्चित छ ।’

उनले भारत–नेपाल सीमा विवाद, पुरातन सम्बन्ध, दुवै देशको भावी सम्बन्ध लगायतमा नेपालको साथ भारतका लागि जरुरी रहेको औंल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप