शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेसम्म प्रेमी छैनन् – अभिनेत्री ऋचा

शुक्रबार, ०६ मङ्सिर २०७६, ११ : ४१
शुक्रबार, ०६ मङ्सिर २०७६

फिल्म ‘लभ यु हमेसा’की हिरोइन् हुन्– ऋचा थापा । ऋचाको यो हिरोइनका रूपमा डेब्यु फिल्म पनि हो । अभिनयमा डेब्यु भने उनले म्युजिक भिडियोबाट गरेकी हुन् । त्यो पनि सानै छँदा ।

करिब एक दर्जन हाराहारीको म्युजिक भिडियो अभिनय गरेकी रिचाले केही पहिले रिलिज फिल्म ‘लोग्ने मानिस’मा पनि सानोतिनो भूमिका निर्वाह गरेकी थिइन् । कलाकारिताप्रतिको सानैदेखिको रुचिका कारण अभिनय रोजेको बताउने दोलखा चरिकोटकी स्थायी बाँसिन्दा ऋचा परिवारसँग कीर्तिपुर बस्दै आएकी छन् ।

‘लभ यु हमेसा’ प्रेमकथामा बनेको फिल्म भएकाले पनि आफ्नो रोजाइमा परेको उनी बताउँछिन् । उनी भने अहिलेसम्म कसैको प्रेममा परेकी छैनन् रे । यिनै अभिनेत्री ऋचा थापासँग रातोपाटीको यस्तो छ दस प्रश्न ।

फिल्मको अफर कसरी आयो ?

चिनजानको मानिसको माध्यमबाट ‘विश्वनाथ काका’ भन्ने फिल्ममा जोडिएकी थिएँ । आधा सुटिङ सकिएपछि फिल्म अड्कियो । त्यही समय ‘लभ यु हमेसा’ अफर आयो । कथा पनि मनपर्यो फिल्म युनिटसँग जोडिएँ । अभिनयको हिसाबले नभए पनि रिलिजको हिसाबले यो मेरो पहिलो फिल्म हो ।

पहिलो फिल्म रिलिज हँुदैगर्दा कस्तो अनुभूति हुँदो रहेछ ?

एकदमै एक्साइटेड छु । खुसीको सीमै छैन । ठूलो पर्दामा आफूलाई हेर्ने रहर पूरा हुँदैछ । मेरा लागि योभन्दा खुसीको कुरो के होला र ? अर्काे हिसाबले भन्ने हो भने डर पनि लागेको छ । नर्भस पनि छु । आफूले अभिनय गरेको रिलिजमा आउन लागेको पहिलो फिल्मका बारेमा दर्शकको प्रतिक्रिया के होला । मेरो अभिनयलाई के भन्लानन् भनेर ।

कस्तो भूमिकामा देख्न पाइन्छ ?

गाउँले केटीको भूमिका निर्वाह गरेकी छु । जो बोल्न सक्दैन । तर जिद्दी स्वभावको हुन्छ । घरमा सबैलाई थर्काउने स्वभाव भएको ।

सौन्दर्यतिर कतिको इन्ट्रेस्ट छ ?

महिला भएपछि सौन्दर्यमा इन्ट्रेस नहुने भन्ने हुँदैन, अलिअलि छ । अन्य समय क्रिम, आइस्याडो, आइल्यान्डर लगायत सामान्य मेकअप गर्ने गरेकी छु । फिल्मका लागि सुटिङको मेकअप भइहाल्छ ।

फेसनमा त रुचि पक्कै होला ?

अहिलेको फेसनअनुसार आफू पनि चल्नखोज्छु । चलचित्र क्षेत्रमा भएकाले फेसनको फलो गर्नैपर्छ । मलाई राम्री, हट र सेक्सी भने सारीले देखाउँछ ।

फुर्सदको समय ?

घरपरिवारलाई काम सघाउँछु । बाहिरको कार्यक्रममा सहभागी हुन्छ । डान्स प्राक्टिक्स गर्छु ।

कस्ती केटी तपाईं ?

सबैसँग सजिलै घुल्न सक्दिनँ । सङ्गत गर्दै गएपछि फ्र्याङ्क क्यारेक्टरको छु । मिल्ने मानिससँग धेरै मिल्न सक्छु । अरूले आफूलाई कसरी ट्रिट गर्छ । त्यहीअनुसार आफूलाई ढाल्नसक्ने ।

प्रेम ?

अहिलेसम्म प्रेम छैन । त्यसैले प्रेमी पनि हुने कुरै भएन । प्रेमका अफर त धेरै आउने गरेका छन् । काममा फोकस भएका कारण प्रेमको चक्करसक्करमा लागिनँ ।

मनपर्ने केटा ?

लोयल, क्यारिङ, आफ्नो काममा ध्यान दिने नेचर भएको ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

अहिले जति चलेका हिरोहरु छन् । ती सबैसँग फिल्ममा काम गर्ने इच्छा छ । तर धेरै मनपर्ने हिरो भनेको अनुपविक्रम शाही नै हो । डेटको अफर दियो भने उहाँसँग नै जान चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप