बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हरे राम’ लेखेको बिकिनी लगाएपछि बाणी कपूरविरुद्ध मुद्दा दर्ता

शुक्रबार, ०६ मङ्सिर २०७६, १० : ५७
शुक्रबार, ०६ मङ्सिर २०७६

बलिउड अभिनेत्री बाणी  कपूरले सामाजिक सञ्जाल इन्स्टाग्राममा हरे राम लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरिएको थियो ।

यसैबीच, बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन एम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले बाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । 

उनले बाणीविरुद्ध मानिसहरुको धार्मिक भावनामा ठेस पुराएको आरोप लगाएकी छिन् । रमाले पुलिसले उनलाई स्टेटमेन्ट रेकर्ड गर्नको लागि बोलाएको बताएकी छिन् । 

यसपछि, वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर हटाएकी छिन् । यद्यपि, तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । उनको तस्बिरमा इन्स्टाग्राम प्रयोगकर्ताहरुले जुनसुकै कपडालाई पनि फेशनको रुपमा प्रयोग गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप