शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा सुरु

शुक्रबार, ०६ मङ्सिर २०७६, १० : ४३
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौँ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौँबाट सुरु भएको छ । काठमाडौँमा पशुपति क्षेत्रबाट पर्यटनमन्त्री योगेश भट्टराईले साइकल यात्राको शुभारम्भ गरेका हुन् ।

समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष साइकल यात्रीहरुको उल्लेख्य सहभागिता रहेको छ । आज बाट सुरु भएको साइकल यात्रा जनकपुरको जानकी मन्दीरमा पुगेर समापन हुनेछ । यात्रामा १६७ जना साइकलयात्री सहभागी भएका छन् जसमा १८ जना महिला साइकल यात्री सहभागी रहेका छ । 

यो साइकल यात्राका महिला सहभागीहरुलाई संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले सहयोग गरेको छ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबद्र्धन गर्न चार वर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । साइकल यात्रीले २५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गर्ने छन् ।

यस्तो छ यात्राको कार्यक्रम

आयोजक संस्था समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेका अनुसार साइकलयात्राको उद्घाटनपछि यात्रीहरु पशुपतीनाथबाट सिनामङ्गल कोटेश्वरहुँदै भक्तपुर पुग्नेछन् । त्यहाँ भक्तपुर पर्यटन बोर्डले भक्तपुरको चर्चित जुजु द्यौ (दही) ले स्वागत गर्ने कार्यक्रम छ । साइकलेहयात्रीलाई बनेपामा सुलभ सहकारीले स्वागतसहित खाजा खुवाएर बिगाइ गर्नेछ ।

यस्तै नमोबुद्ध नगरपालिकाले भकुन्डेबेसीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

यात्राका क्रममा मङ्गलटारमा मानसरोबर श्रेष्ठले खाजासहितको स्वागत गर्नेछन् । त्यसपछि सिन्धुली जिल्ला प्रवेश गरेपछि सुनकोसी गाउँपालिकाको ऐतिहासिक कुशेश्वर महादेवव मन्दिर परिसरमा सांसद लेखनाथ (राजन) दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरालगायतले स्वागत गर्ने कार्यक्रम छ । गाउँपालिकाले साइकलयात्रीलाई पहिलो दिनको बिहानको खाना खुवाउने छ ।

त्यसपछि साइकल यात्रीहरुलाई  झाङाझोलीको पुरानो बजारमा स्थानीय बासिन्दाले स्वागत गर्नेछन् । साइकलयात्रा यहाँ भने सडक छाडेर पुरानो बजारहुँदै मुल्कोट निस्कने छ । त्यहाँ मुल््कोट बिकास समाजको संयोजनमामा साइकलयात्रीको स्वागतमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । गाउँपालिकाले सुनकोशी महोत्सव गर्नेछ ।  साइकल यात्रीलाई साँझको खाना र भोलिपल्ट विहानको खाजा पनि सुनकोशी गाउँपालिकाले खुवाउने छ । पहिलो दिन रातको बास मुलकोट होटल ब्यवसायीसँग समन्वय गरेर मुल्कोट विकास समाजले गरेको छ ।

दोस्रो दिन मुलकोटबाट सुनकोसी गाउँपालिका अध्यक्ष दीपा दाहालले साइकल यात्रीलाई बिदाइ गर्ने छिन् । साइकलयात्री खुर्कोट पुगेपछि गोलन्जोर श्रेष्ठ समाजले स्वागतसहित खाजा खुवाउने तालिका रहेको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताए । साइकल यात्रीलाई बारामा स्थानीय सहकारीले स्वागत गर्ने छ । साइकल यात्री उकालो पार गरेर खनियाखर्क पुगेपछि प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपालले साइकलयात्रीलाई स्वागत गर्नेछन् । त्यहाँ साइकलयात्रीको सम्मानमा जुनार महोत्सव आयोजना गरिनेछ । जुनार सुपरजोन, जुनार सहकारी र जुनार उपभोक्ता संघलगायतले महोत्सवको संयोजन गर्ने छन् । जुनार महोत्सवको पर्यटनमन्त्री नेपालले उद्घाटन गर्नेछन् । साइकलयात्रीलाई महोत्सवमा जुनारको जुसले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि साइकलयात्री ऐतिहासिक स्थल सिन्धुलीगढी पुग्नेछन् । साइकलयात्रीले त्यहीँ खाना खानेछन् । र, त्यहाँबाट साइकलयात्री सिन्धुलीमाढी झर्नेछन् ।

त्यहाँ दोस्रो दिन साँझ साइकल टोलीको स्वागतमा सिन्धुली कलाघरले साँस्कृतिक कार्यक्रम आयोजना गर्नेछ । साइकलयात्री साँस्कृतिक कार्यक्रम मा सहभागी हुनेछन् ।

त्यहाँ समृद्ध सिन्धुली अभियानले नेपाल भ्रमण बर्ष २०२० का अवसरमा स्थानीय सरोकारवालाहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

साइकलयात्रीलाई तेस्रो दिन बिहान सिन्धुलीमाढीमा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघले बिहानको खाजा खुवाएर बिदाइ गर्नेछ । यात्रीलाई माइस्थानमा कमलामाई कृषि तथा पशुपालन फार्मले  स्वागत गर्ने छ । त्यसपछि चुरेमा श्रेष्ठ परिवारले स्वागत गर्ने तालिका रहेको छ । टोली धनुषाको बाहुनमाराहुँदै महोत्तरीको बर्दिबास पुग्नेछ । त्यहाँ बार्दिबास नगरपालिका, नेपाल होटेल तथा पर्यटन व्यावसायी संघ महोत्तरी, नेपाल होटेल तथा पर्यटन व्यावसायि संघ प्रदेश नम्बर २ ले स्वागतसहित खाना खुवाउने छन् ।

साइकलयात्री बिहानको खाना खाएर धनुषा प्रवेश गर्नेछन् । धनुषाको ढल्केबरमा सामुदायिक बन महासंघ प्रदेश नम्बर २ ले ढल्के स्वागत गर्ने छ । त्यसपछि साइकलयात्री धारापानीबाट धनुषाधामहुँदै जनकपुर पुग्नेछन् । त्यहाँ नेपाल भ्रमण वर्ष २०२० प्रदेस नम्बर २, जनकपुर नगरपालिका, प्रदेश नम्बर २ सरकारलगायतले भव्य स्वागत गर्नेछन् ।

जनकपुरमा स्थानीय आयोजक सानो पाइलाले साइकल यात्रीलाई खाना खुवाउनेछ । बासको पबवन्ध नेपाल भ्रमण बर्ष २०२० प्रदेस नम्बर २ ले गर्नेछ । साइकलयात्राको अन्तिम दिन मंसिर ९ गते जनकपुरका साइकलयात्रीसहित राइड थ्रु सिन्धुलीगढीका यात्रीले जनकपुर परिक्रममा यात्रा गर्नेछन् । त्यसपछि साइकलयात्री खाना खाएर गाडीमा काठमाडौं फर्किनेछन् ।

‘यो साइकलयात्राले दुई पुरातात्विक स्थलहरु काठमाडौंको पशुपतिनाथ र रामजानकी मन्दिर रहेको जनकपुरधामलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने छु, अध्यक्ष घिमिरेले भने, ‘साइकलयात्राले पहाडलाई तराईसँग पनि भावनात्मक रुपमा जोड्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप